अफगानिस्तानद्वारा यूएई ५ विकेटले पराजित, अफगानिस्तानको पहिलो जित

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको खेलमा अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ५ विकेटले पराजित गरेको छ।

भारतको दिल्लीस्थित अरुण जेटली स्टेडियम मा यूएईले दिएको १ सय ६१ रनको लक्ष्य अफगानिस्तानले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो। अफगानिस्तानका इब्राहिम जद्रान ले ५३ रन बनाए भने अज्मतुल्लाह ओमरजाई ले अविजित ४० रनको योगदान दिए। यूएईका जुनैद सिद्दिकी र मुहम्मद अरफान ले समान २–२ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो। यूएईका सोहेब खान ले ६८ रनको उत्कृष्ट इनिङ्स खेले। अफगानिस्तानका अज्मतुल्लाह ओमरजाईले ४ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरे।

यस जितसँगै अफगानिस्तानले प्रतियोगितामा पहिलो जीत हात पारेको छ। अफगानिस्तान ३ खेलबाट २ अङ्कसहित समूह ‘डी’ को तेस्रो स्थानमा छ भने यूएई पनि ३ खेलमा २ अङ्कसहित नेट रनरेटका आधारमा चौथो स्थानमा रहेको छ।

प्रतियोगिताअन्तर्गत हाल इङ्ग्ल्यान्ड र इटाली बीचको खेल जारी छ। यस्तै आज बेलुकी सवा ७ बजे अस्ट्रेलिया र श्रीलङ्का प्रतिस्पर्धा गर्नेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्