आज मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने

FILE PHOTO

काठमाडौं – आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।
साढे दुई बजे बस्ने मनित्रपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने एक मन्त्रीले जानकारी दिए ।

सरकारले शुक्रबार नै आगामी बर्षका लागि नीति ताथ कार्यक्रम ल्याउँदैछ ।  शुक्रबार चार बजे बस्ने संघीय संसदमा राष्टपति विद्यादेवी भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम रहेको छ ।
सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

सरकारले कोरोना जोखिमसँगै कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीका कार्यक्रमलाई नीति कार्यक्रममार्फत अघि सार्ने बुझिएको छ । यसपटक नीति तथा कार्यक्रम संसदमा पेश हुनुअघि नै बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्