बाँके र मकवानपुरमा ९ जना कोरोना संक्रमित भेटिए, कुल २५८

काठमाडौं – शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै संक्रमितको संख्या २५८ पुगेको छ । मकवानपुरका ३७ वर्षीया पुरुष र बाँकेका १८ देखि ३६ वर्ष समुहका पुरुषहरु संक्रमित भएको मन्त्रालयले जनाएको छ । उनीहरुको अवस्था समान्य रहेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्