काठमाडौं – सुदूरपश्चिमका विभिन्न स्थानीय तहका सडक, पुल, सिंचाइ, विद्यालय, स्वास्थ्य, होटेल क्षेत्र, कल्भर्ट, नाला जस्ता पूर्वाधार विकास योजनाहरूलाई सरकारको बजेटमा केवल १ हजार रुपैयाँ विनियोजन गरिएको तथ्य बाहिर आएको छ।
कञ्चनपुर, कैलाली, अछाम, डडेलधुरा, बैतडी र दार्चुलाका नगर तथा गाउँपालिकाहरूमा दर्जनौं योजना यस्ता छन्, जसमा न योजना कार्यान्वयन सम्भव छ, न त प्रक्रिया अगाडि बढाउन सकिने अवस्था नै। भीमदत्त नगरपालिकाको गज्जरस्थित दिपज्योति टोलको भत्किएको कल्भर्ट पुनःनिर्माणको योजना होस् वा शुक्लाफाँटा ३ बागबजार–रानिपुर जोड्ने पुल, वेदकोट–७ को नथजी सडक कालोपत्रे होस्, सबै योजना १ हजार रुपैयाँको बजेटमा सिमित छन्।
त्यस्तै, अछामको हसाडा लम्तडा सिंचाइ योजना, दार्चुलाको नमस्कार सिंचाइ योजना, बैतडीको डुबल्ले लिफ्टिङ टंकी योजनादेखि कैलालीको पिपलबोट सडक कालोपत्रेसम्म १ हजारमै सूचीबद्ध छन्।
बजेट कि मजाक?
स्थानीयबासी र योजनासँग सम्बन्धित सरोकारवालाले यस्ता योजनालाई “जनतालाई विकासको सपना देखाउने सरकारको चलाखीपूर्ण तरिका” भनेका छन्। “न योजना बन्छ, न काम हुन्छ यस्ता योजनाहरू केवल देखावटी र राजनीतिक सन्तुलनका लागि हुन्,” दार्चुलाका एक जनप्रतिनिधिले उपहार खबरसँग भने । प्रदेश सरकारले आफ्ना नजिकका क्षेत्रलाई प्राथमिकता दिई अरू ठाउँका योजना लथालिङ्ग पारेको स्थानीय जनप्रतिनिधिहरूको आरोप छ । “बजेट बनाउने क्रममा राजनीतिक पहुँच र सिफारिस हावी भयो। सशक्त सिफारिस नभएका ठाउँमा १ हजार रुपैयाँ बजेट हालियो।” ती जनप्रतिनिधिले भने ।
१ हजार रुपैयाँले के हुन्छ?
सामान्यतया पूर्वाधार विकास योजना सुरु गर्नका लागि न्यूनतम लागत नै हजारौंदेखि लाखौं रुपैयाँसम्म लाग्ने गर्दछ। तर बजेटमा १ हजार रुपैयाँ मात्रै विनियोजन हुँदा कुनै पनि योजना व्यवहारमा लैजान सकिने अवस्था हुँदैन। यस्तो रकमले न त योजना सुरु गर्न सकिन्छ, न कार्यान्वयन प्रक्रिया नै अघि बढाउन सकिन्छ।
योजना कार्यान्वयन सुरु गर्नु अघि इन्जिनियर वा प्राविधिक टोलीले स्थल निरीक्षण गर्नुपर्छ। तर १ हजार रुपैयाँले त गाउँसम्म पुग्ने गाडीको तेल खर्चसमेत हुँदैन। कुनै पनि सडक, पुल, नाला वा सिँचाइ संरचना बनाउन ईन्जिनियर वा प्राविधिकको सल्लाह अनिवार्य हुन्छ। डिजाइन शुल्क वा D.P.R. (Detail Project Report) तयार पार्नको लागि मात्र १०,००० देखि लाखौं रुपैयाँसम्म लाग्छ। १ हजार रुपैयाँले त एक दिनको इन्जिनियर परामर्श पनि किन्न सकिंदैन। यस्तै ढल, पुल वा भवन निर्माणअघि माटोको प्रकृति, बेयरिङ क्यापासिटी, जलनिकास अवस्थाको परीक्षण आवश्यक हुन्छ। १ हजार रुपैयाँमा न त परीक्षण सामग्री ल्याउन सकिन्छ, न त प्राविधिक उपकरण प्रयोग गर्न सकिन्छ।
राजनीतिक भागबन्डा र ‘बजेट फेन्सिङ’को खेल?
विश्लेषकहरू भन्छन्, यस्ता योजनाहरू राजनीतिक क्षेत्रलाई सन्तुलनमा राख्न, ‘बजेट फेन्सिङ’ गरेर आगामी वर्षको बजेटमा पुनः सूचीकृत गर्न, वा योजना केवल सूचीमा पार्नका लागि राखिएको हो। ‘विकास’ भन्ने नाममा स्थानीय तहमा १ हजार रुपैयाँ विनियोजन गरेर जनताको आँखामा छारो हाल्ने काम भइरहेको छ। यस्तो ‘बजेटबाजी’ले न त विकास दिन्छ, न जनताको विश्वास जित्छ।
योजनाको नाम राखेर जनतालाई भ्रममा पार्ने प्रवृत्तिले योजना प्रणालीमा गम्भीर प्रश्न उठाएको छ। न बजेट यथोचित छ, न त कार्यान्वयन सम्भव।अब प्रश्न उठ्छ – यस्तो बजेटले विकास गर्छ कि केवल देखावटी सूचीमा अर्को ‘टिक’ थप्छ?
१ हजार बजेट पाएका योजनाहरु
- दार्चुला सकरखेत सिंचाइ योजना शैल्यशिखर- ६
- दार्चुला नमस्कार सिंचाइ योजना महाकाली- ५
- दार्चुला नक्तड देखी पारीगाँउ सम्म सिंचाइ योजना शैल्यशिखर १०
- दार्चुला मल्लो कटुझाडी सिंचाइ योजना शैल्यशिखर- १
- दार्चुला पैरेकीधार सिंचाइ योजना शैल्यशिखर- ८
- दार्चुला कालीपातल मल्लाखेत सिंचाइ योजना शैल्यशिखर- ६
- दार्चुला खोल्टीखोला सिंचाइ योजना लेकम- ५
- दार्चुला विराली सिंचाइ योजना लेकम- ५
- दार्चुला नक्तड सिंचाइ योजना शैल्यशिखर- ९
- कन्चनपुर बेलौरी भन्सारदेखि कलुवापुर सडकको बेलौरी भन्सारदेखि चाददेव सडक खण्ड कालोपत्रे
- कन्चनपुर बोकटी टोलदेखि गुरुङ टोल हुँदै गल्मेली टोलसम्म सडक स्तरोन्नति वडा न.०६ दोधारा चाँदनी नपा
- कन्चनपुर बेलौरी कलुवापुर दोमिल्ला नाईल सडकको कलुवापुर चितौरा खण्डमा नाली निर्माण
- कन्चनपुर वैतडा एन.सैल टावर हुदै तल्लो बैतडा हुदै च्वागड टोल घटाल थान सम्म कालोपत्रे सडक, वेदकोट- ४
- कन्चनपुर पूर्णागिरि टोलको सडक स्तरोन्नति भीनपा- ६
- कन्चनपुर हुलाक/कुरियर खर्च
- कैलाली धाराको महसुल
- कन्चनपुर डाउना होटेलदेखि दक्षिण नथजीको घर हुँदै पूर्व ढलनिकाससहित कालोपत्रे, वेदकोट- ७
- कन्चनपुर वडा कार्यालय चोकदेखि सेतो पुल हुँदै जनजागृति आविसम्म सडक कालोपत्रे, कृष्णपुर- ४
- कन्चनपुर साविक माछापालान चोकदेखि दक्षिण खेल मैदानसम्म सडक निर्माण, कृष्णपुर- ८
- कन्चनपुर पशुपति टोल ब्राइटर फ्युचर स्कुलको उत्तर पश्चिम दुर्गा भवानी जाने बाटो आरसीसी काशी भट्ट मार्ग भिनपा- ६
- कन्चनपुर पूर्वपश्चिम राजमार्गदेखि रेलडण्डी हुँदै कृष्ण मावि जाने सडक, कृष्णपुर- ५
- कन्चनपुर आनन्द मार्ग सडक निर्माण (आनन्द टोल) पुरानो मालपोत पछाडि, भिनपा- ३
- कन्चनपुर ग्रीनपिस टोलको १ नम्बर गल्ली सडक कालोपत्रे भीमदत्त नगरपालिका- ३
- कन्चनपुर भिमदत्त न.पा. वडा नं. १८ पत्थरपुर नालामा लोकेन्द्र भट्टको घर नजिक कल्भर्ट भिमदत्त नपा- १८
- कन्चनपुर शुक्लाफाँटा ३ बागबजार हुदै शुक्लाफाँटा २ रानिपुर जोड्ने स्याली नदीमा पक्कि पुल
- कन्चनपुर भीमदत्त नगरपालिका वडा नं. ११ मा रहेको बरेली टोल देखी महाकाली टोल जोड्ने भुजेला खोलामा पुल निर्माण
- कन्चनपुर सिद्धनाथ मा वि नजिक गहताडी खोलामा पुल निर्माण, भिमदत्त ९, बह्मदेव
- कन्चनपुर धरमपुर पोल्खरी जोड्ने पश्चिम झट्टले खोलामा पुल (कल्भर्ट),बेतकोट नपा- ६
- कन्चनपुर रौटेला देखी झजपुरा हुदै बग्ने नालामा कल्भर्ट सहित भौतिक संरचना निर्माण, बेतकोट- ७
- कन्चनपुर शुक्लाफाँटा १२ कालागौडी र लालझाडी ४ मोटरघाट जोडने बनहरा नदि पुल / कल्भर्ट निर्माण
- कन्चनपुर घरकटुवा खोलामा कल्भर्ट/पुल निर्माण शुक्लाफाँटा-९
- कन्चनपुर देउवा टोलमा स्लेब कलभर्ट निर्माण, लालझाडी- ५
- कन्चनपुर मुक्ति सिबिर नजिक वडा नं. ३ र १० जोड्ने खेमेनालामा कल्भर्ट निर्माण वेदकोट
- कन्चनपुर भीमदत्त नगरपालिका १० गज्जर स्थित दिपज्योति टोलको भत्केको कल्भर्टलाइ पुनः निर्माण भीमदत्त- १०
- कन्चनपुर गौरादेबी सामुदायिक बन उपभोक्ता समूहको कार्यालय नजिक रहेको बालुवा नाला पुल , कृष्णपुर ९
- कन्चनपुर वेद्कोट नगरपालिका ४ – ५ पोल्खरी झलेखोलामा पक्की पुल (घटाल आ बि जोड्ने)
- कैलाली भजनी छोटीभन्सार खिमडी ठुलीगाड सडक (भजनी छोटी भन्सार, लालबोझि, भजनी, जोशीपुर, फल्लेबिसौनी, सल्लेरी, रक्सा, कोल्तडी, खिमडी, ठुलीगाड),
- कैलाली भजनी न पा ५ पृथ्वीपुर भन्सार देखि भजनी बजार हुँदै सुक्खड सम्म सडक स्तरोन्नती
- कैलाली खाने पानी हुदै. दिपेन्द्र मा.वि. देखि सफल सुदुरपश्चिम एकेडमी सम्मको सडक – लम्की चुहा न.पा. १,
- कैलाली पिपलबोट देखि मंगल भुलको घर सम्म सडक कालो पत्रे- लम्कीचुहा न.पा. ७,
- कैलाली सुन्दरटोल कल्भर्ट निर्माण , घोडाघोडी न पा ०१,
- कैलाली रानी वन धैलानालामा पक्की पुल निर्माण DPR सहित बर्दगोरिया- ६
- कैलाली सुर्तैया देखि तिघरी जोड्ने पक्कीपुल लम्कि चुहा ९ र १०
- कैलाली कटासे जाने बुके खोला पक्कि पुल लम्कि चुहा न.पा. ०३ जानकी- ९
- कन्चनपुर प्रसुती स्याहार भत्ता
- अछाम हसाडा लम्तडा सिचाइ योजना, मंगलसेन ४
- अछाम माझ सिचाइ योजना,मंगलसेन १३
- अछाम कानझाड धाइडा सि.यो.,तुर्माखाद ७
- अछाम टापुखोला सि.यो.,तुर्माखाद-४
- अछाम डाडा कृषि सिचाइ योजना,साँफेबगर-३
- अछाम बाब्ला सिचाइ योजना,साफेबगर-१९
- बैतडी मल्ला डुबल्ले सिंचाइ लिफ्टिङ टंकी निर्माण डिलाशैनी- ६ मालटोल डुबल्ले
- बैतडी सुनिखोला बरडपाखा सिंचाइ योजना मेलौली- ८
- बैतडी सुवेत सिंचाइ योजनासुर्नया- ५
- बैतडी हुक्केडाडा बृर्हत सिंचाइ योजना पाटन- ९
- बैतडी जमाडी सित्तड सिंचाइ योजनादोगडाकेदार- ६
- बैतडी सुन्नुभा खोजगैर सिंचाइ योजना डिलाशैनी- ७
- बैतडी मटेला राजखोला मगरकोट गोगनेली सुगरखाल वारिवन सिंचाइ योजना सिगास- ८
- बैतडी ओखडानी सिंचाइ योजना दनपा- १
- बैतडी गैरीखेत सिंचाइ योजना पाटन- २
- बैतडी कद्सेला सिचाइ योजना विश्वनाथ- १
- बैतडी ओखलधार सिंचाइ योजना दनपा- १
- बैतडी मल्लो गगरा सिंचाइ योजना डिलाशैनी- ७
- बैतडी रम्वागाडदेखि बुडा खालीसम्म सिंचाइ योजना शवनाथ- ६
- बैतडी राझिखेत सिंचाइ योजना दनपा- ४
- डँडेलधुरा जलतेडा सिचाइ योजना., अजयमेरु-६
- डँडेलधुरा अंचल सिचाइ योजना, भागेस्वर-३
- डँडेलधुरा सुन्तड़ी सिचाइ योजना भागेश्वर-३
- डँडेलधुरा डाइणी गाउँ सिचाइ योजना आलीताल गापा
- डँडेलधुरा पन्तुरा खोला सिचाइ योजना परशुराम १२
- डँडेलधुरा डॉडि सिचाइ योजना परशुराम-११
- डँडेलधुरा अल्लाणी गाड समायल कपडा हुँदै खजुरानी कुलेडी सि.यो. गन्यापधुरा-४
- डँडेलधुरा साजबाटा सिचाइ योजना नवदुर्गा-४
- डँडेलधुरा मटेला सिचाइ योजना गन्योपधुरा-१
- अछाम हुलाक/कुरियर खर्च
- कैलाली प्रयोगशाला सहयोगी
- अछाम साङ खोला सारेङ सिचाइ योजना ,साफेबगर-९
- अछाम कोटेखेत सिचाइ योजना साफेबगर-१०
- अछाम खर्रेखोला प्यारेगाउँ सिचाइ योजना साँफेबगर -११
- अछाम लातेखोला काठेवडी टोल सिचाइ योजना,कमलबजार -५
- अछाम बण्डालि काठेकाउला सिचाइ योजना,कमलबाजर-९
- अछाम सुदाखेत सिचाइ योजना,कमलबाजर-४
- अछाम जाजरखोला तल्लो मेलकाटीया सिचाइ योजना,रामारोशन -७
- अछाम मान्केपानी भदल्तोला गैरोपाखेत सिचाइ योजना,मेल्लेख-०६
- अछाम दालखाल बलमाटे मुन्ग्रा सिचाइ योजना,मेल्लेख-६
- अछाम कापडि खेत रावतबाडा सिचाइ योजना,मेल्लेख-५
- अछाम बडै टिमुरे आम नाउली सिचाइ योजना,प.बि-०७
- अछाम पपदीखेत सिचाइ योजना,चौरपाटी-२
- अछाम नासिखोला छाटा भर्नान सिचाइ योजना ढकारी-२
- अछाम मिर्केछाडा सिचाइ योजना