Breaking: थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पूग्यो

काठमाडौँ – नेपालमा थप २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितको संख्या २४३ पुगेको मन्त्राललये जनाएको छ ।

मन्त्रालयका अनुसार २० जना पुरुष र ४ जना महिलामा संक्रमणको पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्