धनगढीमा रोयल जेभी र केएस जेभीले न्युनतम मापदण्डको धज्जी उडाए, सालको रुखमुनी कालोपत्रे

कैलाली – निर्माण व्यवसायी संघ कैलालीका पूर्वअध्यक्ष प्रकाश सेठीको रोयल जेभी कम्पनी र निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य भीमबहादुर पालको केएस जेभी कम्पनीले धनगढीमा सडक निर्माण गर्दा न्युनतम मापदण्डको धज्जी उडाएका छन् ।

शहरी विकास मन्त्रालय र ठेकेदार कम्पनीबीच ९ असार ०७४ मा ७१ करोड ३२ लाख रुपैयाँका सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता भयो । २०७६ असारभित्रमा ५० किलोमिटर सडकमा कालोपत्रे गरियो तर सडक हस्तान्तरण भएर सञ्चालनमा आएको अहिले झण्डै ९ महिना भइसक्यो ।

सडक बन्नुअघि अनिवार्य रूपमा गरिनुपर्ने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गरिएको छैन । सडक निर्माण सकिएपछिको अनगुमन पनि नाम मात्रैको छ । न्यूनतम मादपण्ड पूरा नगरी बनाइएकोले सडक भत्किन शुरू भइसकेको छ
तर, सडक निर्माणको न्यूनतम मापदण्डको धज्जी उडाइएकोे भन्ने अहिले पनि जो–कोहीले सजिलो गरी देख्न सक्छ । सडकको बीचमा गन्नै हम्मे पर्ने संख्यामा सालका रूखहरू छन् । बिजुलीका पोल र ट्रान्सफरमर पनि अनगिन्ती छन् । ५० किलोमिटर सडकमा २०० वटा रूख, २०४ वटा बिजुलीका पोल र दुईवटा ट्रान्सफरमर बाटोमै परे । न्यूनतम मादपण्ड पूरा नगरी बनाइएकोले सडक भत्किन शुरू भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्