दार्चुलामा मोटरसाइकल दुर्घटनामा परेका शिक्षा अधिकृत केशव राज ओझाको निधन

दार्चुला — दार्चुलाको लेकम गाउँपालिका–४ गोदालीमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका शिक्षा अधिकृत केशव राज ओझाको निधन भएको छ। लेकम गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुखसमेत रहेका ओझा वडा नम्बर ५, चौपातामा शैक्षिक कार्यक्रम सकेर घर फर्किने क्रममा माथिबाट खसेको ढुंगा पिठ्युँमा लाग्दा दुर्घटनामा परेका थिए।

गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीका अनुसार ओझाको निधनले स्थानीय शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको छ। उनको असामयिक निधनको खबरले स्थानीयवासी स्तब्ध भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्