प्युठानका ११ जनामा आरडीटी पोजेटिभ

प्युठान – प्युठानका ११ जनामा आरडीटी पोजेटिभ देखिएको छ । प्यूठान नगरपालिका–९ र १० वडाको क्वारेन्टाइनमा बसेका व्यक्तिमा आरडीटी पोजेटिभ आएको हो ।

प्यूठान नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत दधिराम सुवेदीका अनुसार आठ जना पुरुष र तीन जना महिलामा आरडीटी पोजेटिभ देखिएको छ । उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि पठाउने उनले जानकारी दिए ।

मरन्ठानाको गुरीगाउँमा तीन जना, धगेमा एक जना, बुढादेवीमा सात जनामा आरडीटी पोजेटिभ देखिएको हो । उनीहरु २१ देखि ३८ वर्ष उमेर समुहका रहेका छन् । यसअघि दुई जनामा आरडीटी पोजेटिभ आएको थियो तर पीसीआर रिर्पोट नेगेटिभ आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्