पर्सामा मात्रै कोरोना संक्रमितको संख्या ६४ पुग्यो

काठमाडौं – प्रदेश नम्बर २ को पर्सामा कोरोनाभाइरस संक्रमितको संख्या ६४ जना पुगेको छ । मंगलबार पर्सामा कोरोनाभाइरस संक्रमित ३९ जना थपिएसँगै संक्रमितको संख्या ६४ पुगेको हो ।

प्रदेश नम्बर २ को बारा, रौतहट र धनुषा र सप्तरीमा पनि कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारामा ३, रौतहटमा ३, धनुषा र सन्तरीमा १–१ जनामा कोरोना पुष्टि भइसकेको छ ।

आज थप ५७ जना भेटिएसँगै देशभर कोरोना संक्रमितको संख्या १९१ जना पुगेको छ । त्यसमा ३३ जना निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्