नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना संक्रमण देखियो, वीरगञ्जका २ जना पत्रकार संक्रमित

काठमाडौँ – वीरगन्जका दुई जना पत्रकारलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

मंगलबार वीरगन्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेको खुलेको छ ।

पर्सा जिल्लामा क्रियाशील ती पत्रकारले रिपोर्टिङका क्रममा शंका लागेर नमुना परीक्षण गराएका थिए । मङ्गलबार उनलाई कोभिड–१९ संक्रमण भएको पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । फिल्डमा खटिने पत्रकारहरुले सावधानी अपनाएर रिपोर्टिङ गर्न पनि उनले आग्रह गरेका छन् ।

आज एकैदिन ५७ जना व्यक्तिमा संक्रमण देखिएको हो । जसमा ३९ जना पर्साका मात्र छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्