रञ्जु दर्शनासहित आधा दर्जन युवा माइतीघर मण्डलाबाट पक्राउ

काठमाडौं – विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको छ ।

लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्न उनको नेतृत्वमा युवाहरु केही पम्प्लेटसहित जम्मा भएका थिए । तर नाराबाजी गर्न नपाउँदै प्रहरीले सबैलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लवमा राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्