सिक्किमको सीमामा भारत र चीनका सैनिकबीच झडप

उत्तरी सिक्किमस्थित दुई देशीय सीमाना खटिएका भारत र चीनका सैनिकबीच झडप भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार शनिबार उत्तरी सिक्किमको नाकुला क्षेत्रमा दुई देशका सैनिक झडप भएको हो । झडपमा परी चार भारतीय र सात चिनियाँ सैनिक घाइते भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । झडपमा दुबै पक्षका १५० सैनिक संलग्न भएको बताइएको छ । एक सैनिक अधिकारीले विवादलाई स्थानीय स्तरमै वार्ता गरेर टुंग्याइएको बताएका छन् । यसबारे दुबै देशले औपचारिक प्रतिक्रिया जनाएका छैनन् ।
यस अघि चीन, भुटान र भारतको सीमामा पर्ने दोक्लम क्षेत्रमा चीनले बाटो बनाएपछि भारतले रोक्न खोजेको थियो । दोक्लम तनाव ७३ दिनसम्म चलेको थियो ।

२०१७ अगस्टमा लद्दाखको पेनगोङ ताल क्षेत्रमा दुई देशका सैनिकले ढुंगा हानाहान गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्