हेटौँडा औद्योगिक क्षेत्रमा ३० उद्योग सञ्चालनमा

मकवानपुर – हेटौँडा औद्योगिक क्षेत्रमा ३० उद्योग सञ्चालनमा रहेका छन् । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार बन्दाबन्दीको समयमा हाल सो सङ्ख्यामा मात्र उद्योग सञ्चालनमा आएका हुन् । अत्यावश्यक सामग्री उत्पादन गर्ने १५ र अन्य १० उद्योगले सामाजिक दूरी कायम राखेर सुरक्षित भएर उत्पादन गरिरहेको बताइएको छ । कच्चा पदार्थको अभावले उद्योग न्यून क्षमतामा सञ्चालन भइरहेका व्यवस्थापन कार्यालयका व्यवस्थापक राजेन्द्र कँडेलले जानकारी दिए ।

उनले भने, ‘हामीले उद्योगलाई सुरक्षा विधि अपनाएर सञ्चालन गर्न भनेका छौँ तर कच्चा पदार्थ, बजार र ढुवानीलगायतका समस्याका कारण सञ्चालित उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।’ जनशक्तिको पनि अभाव रहेको व्यवस्थापक कँडेलको भनाइ छ । औद्योगिक क्षेत्रमा २५ प्रतिशत मात्र जनशक्ति मकवानपुरका रहेका र अन्य बाहिरका रहेकाले पनि उद्याग सञ्चालनमा कठिनाइ हुने उनले बताए ।

उनका अनुसार औद्योगिक क्षेत्रमा रहेका १४९ उद्योगमध्ये १०८ मात्र चालू अवस्थामा रहेका भए पनि १५ मात्र अत्यावश्यक सामग्री उत्पादन गर्ने कारणले बन्द नभएका र हाल थप १५ उद्योग सञ्चालनमा आएका हुन् । –रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्