लिपुलेकमा भारतले बनाएको सडकबारे नेपाल सरकार बेखबर हुनु सन्देहपूर्णः राणा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले लिपुलेक मिचिएको बारेमा सरकार बेखबर रहनु आश्चर्यजनक र सन्देहपूर्ण रहेको बताएका छन् ।

शनिबार सामाजिक संञ्जालमा ट्वीट गर्दै अध्यक्ष राणाले नेपाली भूमीमा भारतले एकतर्फी सडक निर्माण गर्दा सरकार भूमिकाविहीन देखिनुले सरकार कहाँ छ ? भन्ने प्रश्न उब्जिएको बताए ।

राणाले ट्वीट गर्दै भने, ‘लिपुलेक नेपालको हो, यसमा कुनै विवाद छैन । नेपाली भूभाग भएर भारतले सडक निर्माण गरेको जानकारी आएको छ । नेपाल सरकार यसबारे बेखबर रहनु आश्चर्यजनक छ, सन्देहपूर्ण छ ।’

उलने भने, ‘यसबाट सरकार छ ? कहाँ छ ? भन्ने प्रश्न पुनः उब्जिएको छ । तत्काल कुटनीतिक पहल गरेर सरकारले नेपाली भूमि सुरक्षित गर्नु पर्दछ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्