स्पानिस महिला फुटबल लिग रद्धः उपाधि बार्सिलोनालाई

काठमाडौं –स्पानिस महिला फुटबल लिगको उपाधि बार्सिलोनालाई प्रदान गरीएको छ । स्पेनीस फुटबल फेडेरेसनले स्पेनको महिला लिगलाई रद्द गरेपछी बार्सिलोनालाई उपाधी दिलाएको छ ।

कोरोनाका कारण पहिलो लिग सुचारु नुहने भएपछि नौं अंकले अगाडी रहेको बार्सिलोनालाई च्याम्पियन बनाएको हो । लिगको उपाधि बार्सिलोनाले पाँचौ पटक जितेको छ । चार सिजन लिग उपाधि विहिन बनेको वार्सिलोनाले यसअघि सन् २०१२, २०१३, २०१४ र २०१५मा उपाधि जितेको छ ।

यस सिजनको उपाधि जितेको बार्सिलोनाले धेरै पटक महिला लिगको उपाधि जित्ने सूचीमा एट्लेटिको मड्रिडसँग बराबरी गरेको छ । एट्लेटिको मड्रिडले गत सिजन मात्र लिगको उपाधिमा ह्याट्रिक गरेको थियो ।–

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्