लकडाउनको समय थप र निरन्तरताबारे आजको मन्त्रिपरिषद्ले निर्णय गर्ने

काठमाडौं – कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले चालेको कदमलाइ निरन्तरता दिइने भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हालको कदम सही भएको निष्कर्ष निकाल्दै लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

उच्चस्तरीय समितिको बैठकले लकडाउन जारी राख्ने निर्णय गरे पनि कति दिन थप्ने भन्ने विषयमा आज बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नेछ । उच्चस्तरीय समितिको हिजोको बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सही रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको जानकारी दिए ।

उनले सरकारले अख्तियार गरेको नीति एव अपनाइएका शुरक्षा मापदण्डलाई अझ प्रभावकारी र शशक्त ढंगले अगाडी बढाउने निर्णय गरिएको पनि बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्