चर्चित हर्रेबर्रे काण्डका अगुवा नेकपाका नेता रायमाझीको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बुद्धिबहादुर रायमाझीको निधन भएको छ ।

लामो समय फोक्सोका क्यान्सरबाट पीडित ७० बर्षका रायमाझीको उपचारका क्रममा सोमबार काठमाडौँमा उनको निधन भएको हो । रायममाझीको पशुपति आर्यघाटमा मंगलबार दाहसंकार गरिएको छ । उनको पार्थिव शरीरमा नेकपा उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीको झण्डा ओढाएका थिए । उनी चर्चित हर्रेबर्रे काण्डका अगुवा समेत थिए ।

नेपाली कम्युनिष्ट आन्दोलनका क्रममा १४ वर्ष कारागार जीवन बिताएका रायमाझी प्रधानमन्त्री केपी शर्मा ओलीका जेल जीवनका सहयोद्धा समेत हुन् । रायमाझीको निधनप्रति प्रधानमन्त्री ओलीले गहिरो दुःख व्यक्त गरेका छन् । उनले एक शोक वक्तव्य जारी गर्दै कम्युनिस्ट पार्टीका निष्ठावान कार्यकर्ता रायमाझीप्रति श्रद्धासुमन अपर्ण गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्