विद्यार्थीको आन्तरिक मूल्यांकनलाई आधार मानेर प्रमाणपत्र दिन प्याब्सनको प्रस्ताव

फाइल तस्बीर

काठमाडौँ – कोरानाभाइरसको त्रासका कारण गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा हालसम्म पनि हुन नसकेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले  विद्यार्थीहरुले गरेका आन्तरिक मूल्यांकनलाई आधार मानेर प्रमाणपत्र दिन प्रस्ताव गरेको छ ।

कोराेनाकाे महामारीले यसवर्षको एसईई परीक्षा लिन सम्भव नदेखिएको भन्दै व्याब्सनले यस्तो प्रस्ताव गरेको हो ।

‘परीक्षा लिन सम्भव नदेखिएको हुनाले २०७६ सालको परीक्षामा सम्मिलित हुने विद्यार्थीहरुका लागि मात्र लागू हुनेगरी विद्यालयहरुले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड शिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त हुन्छ’ प्याब्सनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस कार्यका लागि कानुनी बाधा अड्चन हटाइ आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिन आवश्यक पहल गर्न पनि सरकारसँग ब्याब्सनले अनुरोध गरेको छ ।

प्याब्सनले विश्वका विभिन्न विश्वविद्यालय तथा विद्यालय परीक्षा बोर्डहरुले आन्तरिक रुपमा लिएको परीक्षालाई नै आधार मानेर विद्यार्थीहरुलाई उत्तीर्ण गराइसकेको पनि जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्