दोधारा चाँदनी नगरपालिका एक साताका लागि बन्द

कञ्चनपुर- कारोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । कारोना सङ्क्रमण फैलिएपछि बिहीवार दिउँसो बसेको नगरपालिकाको आपत्कालीन बैठकले आजदेखि पुस ९ गतेसम्मका लागि नगरपालिका...

बाजुरामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

मार्तडी- जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीमा ३७ वर्षिय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ । विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला...

अत्यधिक चिसोका कारण सिरहामा चार जनाको मृत्यु

लहान- केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा...

काठमाडौंको तापक्रम घट्यो, आजको तापक्रम १.६ डिग्री

काठमाडौँ- पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री मापन गरिएको छ । बिहीबार काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव दुई...

चमेलिया नदी किनारमा एक महिला मृत फेला

चमेलिया नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृतावस्थामा फेला परेकी हुन् । नदी किनारमा मृतावस्थामा फेला परेकी...

पच्चीस वर्षपछि पनौती ‘विश्व सम्पदा’मा सूचीकृत हुँदै

काभ्रेपलाञ्चोक- ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने कामले यो वर्ष...

गोकुलेश्वरमा ‘वाईड नेपाल व्याडमिन्टन कप २०७७’ सुरू

दार्चुला- गोकुलेश्वरमा वाईड नेपाल व्याडमिन्टन कप २०७७ सुरू भएको छ । वाइड नेपालको आयोजनामा शुक्रबारदेखि व्याडमिन्टन कप २०७७ सुरू भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख...

बारपाकमा प्राधिकरणको केन्द्रीय प्रसारणलाइन

बारपाकमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण लाइन पुगेको छ । गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा सोमबारदेखि केन्द्रीय प्रशारण लाइनबाट बत्ती बालिएको विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिए...

कञ्चनपुरका नदी, तालतलैया, सिमसमार क्षेत्रमा बसाइँ सारेर आउने चराको चहलपहल

इन्दु धामी, काठमाडौं – कञ्चनपुरका नदी, तालतलैया, सिमसमार क्षेत्रमा बसाइँ सरेर आउने चराको चहलपहल बढ्न थालेको छ । साइबेरिया, किर्गिस्तान, जापान, उत्तरी चीन, मङ्गोलियालगायतका क्षेत्रमा माइनस डिग्री तापक्रम पुगेपछि चरा जाडो...

चलायमान बन्दै सौराहामा पर्यटकीय गतिविधि

कोरोना भाइरस सङ्क्रमणका कारण झण्डै वर्ष दिनदेखि थलिएको सौराहाको पर्यटन क्षेत्र विस्तारै माथि उठ्न थालेको छ । आन्तरिक पाहुनाका कारण सौराहाका पर्यटकीय गतिविधि यतिबेला चलायमान बन्न थालेका हुन् । होटल...

हुम्लादेखि नेपालञ्जसम्मको हवाई भाडादर घट्यो

सिमकोट- लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ । यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको रु छ हजार ५९५ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर...

आगामी तीन दिनको मोसम पूर्वानुमानः कुन दिनको मौसम कस्तो ?

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार बिहीबार देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन । यसैगरी, आज बिहान पूर्वी तथा पश्चिमी नेपालको...