बालबालिकामाथि अपराध बढ्दै, यो आवको मंसिरसम्म १ हजार ७४ घटना प्रहरीमा पुगे

यो आर्थिक वर्षको मंसिरसम्म बालबालिकाविरुद्ध भएका १ हजार ७४ घटना प्रहरीमा पुगेको छ। त्यसमा बलात्कार, बालयौन दुव्र्यवहार, अपहरण, अपहरणपछि हत्या, जातीय छुवाछुत, घरेलु हिंसा, अप्राकृतिक मैथुनलगायत छन्। प्रहरी प्रवक्ता एसएसपी...

नेकपा विवादमा प्रवेश गर्न आफैले बनाएको नियम बाधक हुने देखिएपछि निर्वाचन आयोगद्वारा संशोधन

नेकपा विवादमा प्रवेश गर्न आफैले बनाएको नियम बाधक हुने देखिएपछि निर्वाचन आयोगले त्यसलाई संशोधन गरेको छ । राजनीतिक दलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा कुनै कारवाही नगरिने व्यवस्थालाई...

प्रचण्ड–माधव समूहले गुरुङ र पोखरेललाई इन्चार्जबाट हटायो यी हुन् नयाँ इन्चार्जको जिम्मेवारी पाउने नेता

काठमाडौं – प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले लुम्बिनी र गण्डकी प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ । आज पेरिसडाँडामा बसेको नेकपा स्थायी कमिटी बैठकले ती दुई प्रदेशमा नयाँ इन्चार्ज तोकेको हो । लुम्बिनी...

गृहमन्त्री थापालाई गृहजिल्ला चितवनमा देखायो कालो झण्डा

चितवन – गृहमन्त्री रामबहादुर थापालाई चितवनमा नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । उनीहरुले भरतपुरको हाकिम चोकमा कालोझण्डा देखाएका हुन् । यसअघि भरतपुर विमानस्थल परिसरमा कालो बेलुन...

पश्चिमी वायुको प्रभाव :आगामी तीनसम्म वर्षा हुने

काठमाडौँ – पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली...

निर्वाचन आयोगमा नेकपाको वैधानिकता विवाद अन्त्य गर्न प्रक्रिया सुरु

काठमाडौं – निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वैधानिकता विवाद अन्त्य गर्न प्रक्रिया सुरु गरेको छ । पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूह र केपी ओली नेतृत्वको समूहले नेकपा आफ्नो...

दाहाल–नेपाल समूहका नेताहरूप्रति प्रधानमन्त्री ओलीको आक्रामक अभिव्यक्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूप्रति दिनदिनै आक्रामक अभिव्यक्ति दिन थालेका छन्। पुस ५ गतेयता नेकपामा ओली समूह र दाहाल–नेपाल समूहले छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन्। चार दिनयता...

सर्वोच्च अदालतमा प्रधानमन्त्रीको लिखित जवाफ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्रीको विशेषाधिकार रहेको भन्दै आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। प्रधानमन्त्री ओलीले अर्को सरकार गठन...

निर्वाचन आयोगले नेकपाका दुबै पक्षलाई पठाइएको पत्रमा के छ ?

निर्वाचन आयोगले ओली पक्षलाई अवधि नतोकी र प्रचण्ड–माधव समूहलाई सात दिनभित्र लिखित जवाफ दिन भन्दै छुट्टाछुट्टै पत्र पठाएको छ । नेकपाको आधिकारिकताको विषयमा आयोगमा परेको विवाद निरुपण गर्ने प्रक्रियाअन्तर्गत आयोगले...

करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुला

काठमाडौं – विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुल्ने भएका छन् । सरकारले गत चैत २०७६ बाट बन्द भएका विद्यालय खुलाउने...

नेपाल प्रहरीका दुईजना एसपीलाई एसएसपीमा बढुवा गर्ने तयारी

काठमाडौं – नेपाल प्रहरीका उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्ने तयारी थालिएको छ । पुस १३ मा गृह मन्त्रालयले ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक...

कोरोनाको कारण बन्द भएका विद्यालयहरु सहित सबै क्षेत्र खुला गर्ने निर्णय

काठमाडौं – कोरोना भाइरस महामारीका कारण २०७६ चैतदेखि बन्द भएका विद्यालयहरु खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति) को बैठकले आवश्यक...