पछिल्लो २४ घण्टामा २४८६ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४८६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । १ हजार छ जना महिला र १ हजार ४ सय ८० जना पुरुष गरि जम्मा २ हजार ४ सय ८६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा सात हजार ५२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ४८६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३६८ जना कोरोनामुक्त भएका छन् । कोभिड सङ्क्रमित तिब्र रुपमा थपिदै जाँदा निको हुने दर भने घटेको छ । हाल निको हुने दर ९३.३ प्रतिशत पुगेको छ ।
मन्त्रालयका अनुसार हाल १६ हजार ८२८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । ७१ जना हाल क्वारेन्टिनमा छन् ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । सोही अबधिमा १४ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्