त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेपाललाई

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाल विजयी भएको छ । नेदरल्याण्ड्सलाई फराकिलो रनले पराजित गर्दै फाइनलमा नेपाल विजयी भएको हो ।
नेपालले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याइरहेको नेदरल्याण्डले खराब प्रदर्शन गर्दै लगातार विकेट गुमाइपछि नेपालका लागि जीत सहज भएको हो ।

नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जितसँगै नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको हो । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको डच टोलीले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले यो टी–२० अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोर हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्