भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेबाट चिप्लियो

काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको एक विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालका अनुसार विमान ग्राउन्ड क्षेत्रभन्दा केही बाहिर पुगेको हो...

तराई-मधेशमा हुस्सु हट्दै घाम लाग्न थाल्यो, चिसो केही कम हुने अपेक्षा

काठमाडौं — लगातार हुस्सु र कुहिरोले ढाकिएको तराई–मधेशका केही स्थानमा हिजोदेखि घाम लाग्न थालेको छ। मौसमविद्का अनुसार आज पनि तराईका धेरै ठाउँमा आकाश खुल्ने र घाम लाग्ने सम्भावना रहेको छ।...

जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका खारेज, सबै म्यानपावरलाई बाटो खुल्यो

काठमाडौं – सरकारले जापानमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धी पुरानो निर्देशिका खारेज गरेको छ। निर्देशिका खारेज भएसँगै अब सबै इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले अन्य मुलुकसरह जापानमा पनि श्रमिक पठाउन पाउने भएका...

बाजुराको रजातोली सडक पुल मन्त्री पालद्वारा शिलान्यास

बाजुरा – मार्तडी–कोल्टी सडक खण्डअन्तर्गत बडीमालिका नगरपालिका–७ मा निर्माण हुन लागेको रजातोली सडक पुलको शिलान्यास गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले एक कार्यक्रमबीच पुल...

समानुपातिक बन्दसूचीका त्रुटिबारे आयोगको दलहरूसँग छलफल, पुस २० गते सच्याउन पत्राचार हुने

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेश गरेका राजनीतिक दललाई पालैपालो बोलाएर त्रुटिबारे छलफल गरिरहेको छ । छलफलबाट देखिएका कमजोरी सच्याएर पुनः पेश गर्न आयोगले यही...

अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा

काठमाडौँ । अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा आयोजित कार्यक्रममा उक्त प्रणाली सार्वजनिक गरिएको हो । कार्यक्रममा विभागका महानिर्देशक...

तराईमा आज पनि हुस्सु र कुहिरो, पहाडी क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई–मधेश क्षेत्रमा आज पनि हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो अघिल्ला दिनको तुलनामा केही मात्रामा आकाश खुल्ने अनुमान...

विश्वभर हर्षोल्लासका साथ इस्वी संवत् २०२६ को स्वागत

काठमाडौँ । इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ आजदेखि सुरु भएको छ। येशु ख्रिस्टको जन्म वर्षलाई आधार मानेर विकसित ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष मनाउने चलन विश्वव्यापी रूपमा फैलिँदै गएको छ।...

तराई-मधेशमा आज पनि हुस्सु, जनजीवन प्रभावित

तराई–मधेश क्षेत्रमा आज पनि बाक्लो हुस्सु लागेको छ। पुसको पहिलो हप्तायता निरन्तर परेको हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ। हुस्सुले सडक यातायात तथा हवाई सेवामा असर पर्न सक्ने...

रौतहट र दाउन्नेमा अवरुद्ध सडक खुले, ट्राफिक जाम अत्यधिक, बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

रौतहट र नवलपरासी (दाउन्ने) क्षेत्रमा अवरुद्ध सडक खुलेको छ। हिजो बिहान ग्यास बोकेको ट्यांकर पल्टिएपछि करिब ११ घण्टा अवरुद्ध बनेको पूर्व–पश्चिम राजमार्ग गएरातिदेखि सञ्चालनमा आएको हो। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको...

कर्णालीका यातायात कार्यालयबाट पाँच महिनामा १२ करोड बढी राजस्व सङ्कलन

काठमाडौँ – भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गत रहेका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट चालु आर्थिक वर्षको पाँच महिनामा १२ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ। मन्त्रालयका...

भक्तपुरमा सवारी दुर्घटना, दार्चुलाकी ३२ बर्षीय स्वस्तीकाको मृत्यु, उनका श्रीमान गम्भीर घाईते

भक्तपुर – भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा मंगलबार ट्याङकरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्। लोकन्थली चोक नजिकको सडकखण्डमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै...