सही सूचना प्राप्त गर्ने नागरिकको अधिकारप्रति सरकार प्रतिवद्ध छः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको सही सूचना प्राप्त गर्ने अधिकारप्रति सरकारको निष्ठापूर्ण प्रतिवद्धता रहेको बताएका छन् ।

राष्ट्रिय सूचना आयोगको १३ औं स्थापना दिवसका अबसरमा सोमबार दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले सुशासन, विकास र लोकतान्त्रिक शासन ब्यवस्थाको सुदृढीकरणका लागि सही सूचना प्रवाह एक महत्वपूर्ण आयाम भएको उल्लेख गरेका छन् ।

सूचनाको हक सम्बन्धी व्यवस्थाको सफल कार्यान्वयनबाट मात्र लोकतान्त्रिक पद्धतिको सुदृढीकरण तथा सुशासन कायम गरी नागरिकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्रीले बताएका छन् ।

आयोगले हालसम्म खेलेका भूमिकाको प्रशंसा गर्दै उनले आगामी दिनमा सूचनाको हक कार्यान्वयनमा थप प्रभावकारिता आउने विश्वास ब्यक्त गरे ।

यसैबीच प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयनमा उल्लेखनीय योगदान पुर्‍याउन आयोग आगामी पञ्चवर्षीय रणनैतिक योजनाको तयारीमा लागेको जानकारी दिएका छन् ।

राष्ट्रिय सूचना आयोगको १३ औं स्थापना दिवसका अवसरमा दिनुभएको सन्देशमा प्रमुख सूचना आयुक्त गुरुङले आफूलाई दिइएको जिम्मेवारीमा खरो उत्रने प्रतिबद्धता व्यक्त्त गरेका छन् । सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गराउन एक स्वतन्त्र राष्ट्रिय सूचनाआयोग रहने व्यवस्था गरेबमोजिम २०६५ बैशाख २२ गते राष्ट्रिय सूचनाआयोगको गठन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्