नेप्से परिसुचक दोहोरो अंकले घट्यो

काठमाडौं – नेप्से परिसुचक दोहोरो अंकले घटेको छ । यो साता आइतबार र सोमबार लगातार दुई दिन बढेको बजार परिसूचक नेप्से मंगलबार भने २७.३९ अंकले घटेर २६६३.३२ को बिन्दुमा बन्द भएको छ । जुन १.०१ प्रतिशतले घटेको हो ।

बजार परिसूचक सँगै कारोबार रकममा पनि गिरावट भएको छ । सोमबार ७ अर्बको कारोबार भएको बजारमा मंगलबार कारोबार घटेर साढे ४ अर्बमा झरेको छ । ४५ हजार ८७० वटा कारोबारमा १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजारको कारोबार भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्