महेश बस्नेत र सर्वेन्द्र खनालले दिए मानव अधिकार आयोगमा उजुरी

काठमाडौं – सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।
उनीहरु तिनै जनालाई जनता समाजवादीका सांसद डा. सुरेन्द्र यादवको अपहरणको आरोप लागेको छ । उनीहरुले आफूहरुले यादवलाई अपहरण नगरेको भन्दै सोमबार आयोग कार्यालय पुगेर उजुरी दिएका हुन् ।

अपहरण भएका भनिएका सांसद यादवले बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै मानव अधिकार रक्षाको माग गर्दै वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए । गत बैशाख १० गते महोत्तरीबट डा. यादवलाई बस्नेत, श्रेष्ठ र खनालले काठमाडौं ल्याएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्