विरगंजका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

काठमाडौँ – वीरगन्जमा थप दुई जना पुरुषमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको मन्त्रालयले विज्ञप्ती मार्फता जानकारी दिएको छ ।

संक्रमितहरुको आइसोलेसनमा उपचार भइरहेको छ । कोरोना संक्रमित १२ जना उपचारपछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्