काठमाडौँ – बेष्ट ग्रुप भीजन आइडल २०८० सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ३२ पेप्सीकोलामा रहेको बेष्ट ग्रुप भीजन स्कुलको आयोजनामा शुक्रवार आयोजित बेष्ट ग्रुप भीजन आइडल २०८० को नृत्य तथा गायनतर्फको प्रतियोगिता सम्पन्न भएको हो ।
जसमा गायन तर्फको बेष्ट ग्रुप भीजन आइडल २०८० को विजेता संविद खत्री भएका छन् । यसैगरी निमा लामा उपविजेता तथा प्रतियोगिताको दोस्रो भएकाछन् । यसैगरी साकर विसुङ्खे तृतीय तथा सोनम कार्की चौथो भएको आयोजक विद्यालयका संस्थापक सुनिल केसी खत्रीले जानकारी दिनुभयो । गायन तर्फ अडिसनबाट छनोट भएका १५ जना बढी विद्यार्थीहरुले आज फाइनल राउण्डमा भाग लिएका थिए । जसमा उत्कृष्ट ४ जनालाई छनौट गरिएको हो । गायनतर्फ निर्णायकको भूमिका गायक यमन माझीले गरेका थिए ।
यस्तै नृत्यतर्फ को बेष्ट ग्रुप भीजन आइडल २०८० को विजेता अपेक्षा मगर भएकी छिन् । यसैगरी फष्ट रनर अप तथा प्रतियोगिताको द्धितीय भने आकृति राई भएकी छिन् । यस्तै ग्रीष्मा राई तृतीय र समिरा रन्तेल चौथो भएको आयोजक विद्यालयले जनाएको छ । अडिसन राउण्डबाट करिब १७ जना फाइनल राउण्डका लागि छनौट भएका थिए जसमा आज भएको फाइनल राउण्डमा उत्कृष्ट चार जनालाई छनौट गरिएको हो । नृत्यतर्फको निर्णायकको भूमिका नृत्य निर्देशक सरिना पोट्रेलले गर्नुभएको थियो ।
हरेक बर्ष आयोजना हुने आइडलमा यस बर्षपनि मनोरञ्जन लिदैँ विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । विद्यार्थीहरुमा रहेको अन्तर्निहित प्रतिभा प्रष्फुटन गर्ने कार्यक्रममध्ये बेष्ट ग्रुप भीजन आइडल पनि महत्वपूर्ण रहेको विद्यालयका प्रन्सिपल कृष्णचन्द्र गौतमले बताउनुभयो ।