सत्ता गठबन्धनले टुंग्यायो राष्ट्रिय सभा सदस्यको भागबन्डा, दलहरू बैठकमा व्यस्त

काठमाडौं, २२ पुस । राष्ट्रिय सभा सदस्यको सिट बाँडफाँट टुंग्याएपछि दलहरु आन्तरिक छलफलमा व्यस्त रहेका छन् । गठबन्धनमा भागबन्डा मिलेपछि उम्मेदवार टुंग्याउन दलहरु आ–आफ्ना बैठकमाम जुटेका छन् ।

१९ पदका निम्ति गठबन्धनमा भागबन्डा भएको हो । जसअनुसार  कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाएका छन् ।

भागबन्डा मिलेसँगै उम्मेदवार हुने व्यक्तिको नाम टुंंग्याउन दलहरुले बैठक राखेका छन् ।

आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्