काठमाडौं, २२ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३ सय ग्राम सुनसहित एकजना महिला पक्राउ परेकी छन्।
प्रहरीका अनुसार शनिबार मध्यराति १२ः०५ बजे फ्लाई दुबईमार्फत काठमाडौं आएकी श्रीलंकन महिला कान्थीम्याथी कभास्कर १ किलो ३ सय ग्राम सुनसहित पक्राउ परेकी हुन्।
उनले भित्री वस्त्रमा सुन लुकाएर ल्याएकी प्रहरीको भनाइ छ ।