राप्रपाको बैठकमा सातवटा एजेन्डा प्रस्तुत

काठमाडौं, २० मंसिर । राप्रपाको कार्यसम्पादन समिति बैठकमा सातवटा एजेण्डा प्रस्तुत गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बुधबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि विभिन्न सातवटा एजेण्डा प्रस्तुत गरेका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले  जानकारी दिए ।

बैठकमा राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापनालगायत जनजीविकाबारे राप्रपाले जनदबाब र आन्दोलन गर्ने विषयमा आन्दोलनको स्वरुप तयार पार्न गठित कार्यदलको तर्फबाट वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आन्दोलनको आवश्यकता, औचित्य सम्बन्धी ड्राफ्ट बैठकमा पेश गरेका उनले बताए ।

 

प्रवक्ता श्रेष्ठका अनुसार उक्त ड्राफ्टमाथि प्रारम्भिक छलफल सुरु भएको र अन्य एजेण्डामाथि छलफल हुने क्रम जारी छ। अर्काे बैठक बिहीबार बिहान ८ बजे पुनः बस्ने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्