काठमाडौं – भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १४३ पुगेको छ । गए राती जाजरकोटलाइ केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १४३ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १६६ जना पुगेका छन ।
नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन । रूकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन भने ८५ जना घाइते भएका छन । घाइतेहरूको स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा गरी उपचार भइरहेको छ ।