भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिँदा लाग्ने हवाई इन्धनको खर्च निगमले व्यहोर्ने

काठमाडौँ – नेपाल आयल निगमले भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिँदा लाग्ने हवाई इन्धनको खर्च व्यहोर्ने भएको छ।

निगमले विज्ञप्ति निकाल्दै भूकम्प प्रभावित क्षेत्रमा राहत उद्धारमा खटिएका नेपाल एअरलाइन्स र नेपाली सेनाको हवाई जहाज तथा हेलिकप्टरमा प्रयोग हुने इन्धन खर्च व्यहोर्ने जनाएको हो।

‘भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि खटिएका नेपाल एअरलाइन्स र नेपाली सेनाका हवाई जहाज तथा हेलिकप्टरमा खपत हुने हवाई इन्धन वापतको रकम नेपाल आयल निगमले आफ्नो आर्थिक वर्ष २०८०/८१ को संस्थागत उत्तरदायित्व शीर्षकबाट व्यहोर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्