कोशीमा महागठबन्धनले सार्थकता पाएछ अब एउटै चुनावचिन्हबाट महागठबन्धन बनाउनुस्: रवि लामिछाने

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोशी प्रदेशमा महागठबन्धनले सार्थकता पाएको भन्दै व्यङ्ग गर्दै टिप्पणी गरेका छन् ।

शनिबार कोशी प्रदेशमा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेको विषयलाइ लिएर सभापति लामिछानेले यो टिप्पणी गरेका हुन् । उपनिर्वाचनमा आफ्नो पार्टी र स्वर्णिम वाग्लेलाई हराउन पुराना दलहरूले महागठबन्धन बनाउन लागेको र हाल सोहि अनुरुप अघि बढेको कोशी प्रदेशमा देखिएको बताएका छन् ।

उनले आगामी निर्वाचनसम्म पनि पुराना दलहरू सबै एकै ठाउँमा बसेर महागठबन्धन बनाउन सुझाव दिएका छन्। महासहमति नै गरेर सकेसम्म एउटै चुनाव चिन्हमा निर्वाचन लड्न उहाँले सुझाव समेत दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्