कुबेत– इजरायलले गाजामा प्यालेस्टाइनीहरूलाई जबरजस्ती खाली गर्न दिएकाे आदेश कुवेतले अस्वीकार गरेको छ । गाजा पट्टीको उत्तरी भागमा बसोबास गर्ने प्यालेस्टिनी बासिन्दाहरू विरुद्ध जारी गरिएको जबरजस्ती निकासी आदेशलाई कुवेतले ‘स्पष्ट रूपमा अस्वीकार’ गरेको हाे । खाडी राज्यको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत त्यस चेतावनी प्रति आपत्तिसमेत जनाएको छ ।
गाजाँको उत्तर भुभागमा रहेका अनुमानित १० लाख प्यालेस्टाइनीहरू सम्भावित इजरायली भू-आक्रमण अघि आफ्नो घर छाड्न आदेश र चेतावनी दिए पछि कुवेतले यस्तो प्रतिक्रिया दिएको हो ।
पलायन भएका प्यालेस्टिनीहरूले खतराको सामना गर्नुपरेको छ किनभने तिनीहरू नाकाबन्दी गरिएको इलाकाको दक्षिणतिर गईरहेका छन् । इजरायलले प्यालेस्टाइनी भुमीमा हवाई आक्रमणहरू जारी राखेको छ।
यसअघि अलजजिराले समाचार प्रसारण गरेको थियो कि इजरायली हवाई आक्रमणमा दक्षिणतर्फ जाँदै गरेको आफ्नो काफिलेमा परी धेरै सर्वसाधारण मारिएका छन् ।