काठमाडौँ — इजरायलमा रहेका नेपालीहरुलाई ल्याउन बुधबार राति नेपाल वायुसेवा निगमको वाइडबडी जहाज तेलअभिभ जाने भएको छ । दुबईको नियमित फ्लाइट सेड्युलमा रहेको जहाज त्यहाँ यात्रु झारेर इजरायल जान लागेको हो ।
काठमाडौं–दुबई–तेलअभिभ फ्लाइट साढे ११ बजे हुनेछ । २७८ सिट क्षमताको जहाजमा करिब साढे २ सय जना हाराहारी यात्रु काठमाडौं ल्याइने छ । त्यहाँ करिब ३ सय नेपालीले स्वेदश फर्किन अनलाईन आवेदन भरेका छन् ।