बाँके- नेपालगञ्ज उपमहानगरभित्र आज राति पनि कर्फ्यु जारी गरिएको छ।
स्थानीय प्रसाशनले आज राति ८ बजेबाट भोलि विहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो ।
शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राख्दै स्थानीय प्रसाशनले आज दिउँसोभर निषेधाज्ञ जारी गरेको थियो ।
नेपालगञ्जमा केही दिनदेखि जारी कर्फ्यु र निषेधाज्ञासहित वार्ता र छलफललाई पनि स्थानीय प्रसाशनले जारी राखेको छ।
केहीदिन अघि धार्मिक र सामाजिक सदभावसमेत विग्रने गरी भएका गतिविधिलाई मध्यनजर राख्दै नेपालगञ्जमा कर्फ्यु जारी गरिएको हो ।