प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीच द्विपक्षीय भेटवार्ता

Photo: OPMCM

काठमाडौं – चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच द्विपक्षीय भेटवार्ता भएको छ । स्थानीय समय अनुसार बिहान ११ बजे ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो ।

द्विपक्षीय भेटवार्ता यसअघि प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री लीले ग्रेट हल अफ दि पिपुलमा स्वागत गरेका थिए । त्यसपछि चिनियाँ जनमुक्ति सेनाले प्रधानमन्त्री प्रचण्डको सम्मानमा गार्ड अफ अनर प्रदान गरेको थियो

भेटवार्तामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र राय यादव लगायत मन्त्रीहरु पनि सहभागी छन् ।

द्विपक्षीय भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भइरहेको छ । यो भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा हस्ताक्षर हुनेछ । त्यसअघि प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री प्रचण्ड यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्