कोशी सरकार विरुद्ध सर्वोच्चमा परेको रिटको आज पूर्ण इजलाशमा सुनुवाइ हुदैँ

काठमाडौं – कोशी सरकार विरुद्ध सर्वोच्चमा परेको रिटको आज पूर्ण इजलाशमा सुनुवाइ भैरहेको छ । प्रदेश सरकारको वैधानिकता सम्बन्धि विवादबारे आज सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भैरहेको छ ।

हिजो सोमबार सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश गरेको थियो । उक्त आदेशसंगै मुद्दाको पेशी आजका लागि तोकिएको थियो ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनका लागि चाहिने बहुमतको संख्या पु¥याउन हस्ताक्षर गरेका कारण कोशी सरकारविरुद्ध मुद्दा परेको हो । कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दलको रुपमा छ ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले थापा सरकार बिरुद्ध सर्वाेच्चमा गत असार २२ मा रिट निवेदन दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्