बझाङ – बझाङमा अर्गानिक रैथाने बाली खाद्य परिकार महोत्सव सुरु भएको छ । रैथाने बालीको उत्पादन वृद्धि र प्रर्बद्दनका लागी रैथाने बालि खाद्य परिकार महोत्सवको आयोजना गरिएको छ । रैथाने बालीको प्रर्बद्दन, उत्पादन वृद्धि, गाउँ घरको उत्पादन खाने बानीको विकास गर्न जयपृथ्वी नगरपालिका , मष्टा र सुर्मा गाउपालिकाको आयोजनामा रैथाने बालि खाद्य परिकार महोत्सवको आयोजना गरिएको हो । महोत्सबमा कृषि ज्ञानकेन्द्र बझाङ र शहिद बृष बहादुर सिह बहुप्राबिधिक शिक्षालय अठला बझाङले समन्वय गरेको छ भने सह प्रायोजक युएमएन र दलित सहयोग समाज रहेका छन् ।
पहिलो पटक भएको जिल्ला सदरमुकाम चैनपुरमा खाध महोत्सवले रैथाने बालीको महत्त्वलाई उजागर गरेकाले रैथाने बालीको प्रर्बद्दनका लागि यस्ता खालका महोत्सवलाई निरन्तरता दिनु पर्ने सहभागी जगदीश रोकायाले बताएका छन् । पछिल्लो समय विभिन्न दैबिक कारण रैथाने बालीको उत्पादन घट्दो भएपनि यसको माग भने बजारमा भने बढ्रने गरेको छ ।
कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले रैथाने बालिको उत्पादन वृद्धि गरि निर्यात प्रर्बद्दन गर्न स्थानीय सरकारले ठोस नीति बनाउनु पर्नेे बताउनुभयो । खाजा भनेकै चाउ चाउ, चाउमिन हो ठान्छन् । अब स्थानीय बालीको प्रर्बद्दन गर्नु पर्छ उनले भने ।
‘यस्तै आयातित वस्तु खाने लत हरेक नागरिकलाई परिसकेको हुनाले रैथाने उत्पादन खान हिचकिच मान्ने गर्छन जिल्ला समन्यय समितीका प्रमुख नर बहादुर बोहराले बताउनुभयो । कुनै समय चिनो कागुनो,फापरको पिठो गरिबले खान्छन् भन्ने मान्यता थियो । तर अहिले अर्ग्यानिक खाना धनीमानीको लागि चौरासी बेन्जन सरह भएको छ’ उनले भने ।
यता रैथाने बानी प्रर्बद्दनका लागि ठोस नीति नै बनाएर अघि बढ्ने जयपृथ्बी नगरपालिका नगरप्रमुख चेतराज बजालले बताए । कृषि नै मुलुकको मुख्य आय स्रोत भएकोले कृषि र किसानको विकासमा जोड दिनु पर्ने बताए ।
सदरमुकाम चैनपुरको जिल्ला समन्वय समितीमा सुरु भएको महोत्सब २ दिन सम्म चल्ने भएको छ । महोत्सबमा रैथाने बालि बिक्रिबितरण ,व्यक्तिगत सरसफाइमा चेतना , खाद्य गुणस्तर मापदण्ड, र साँस्कृतिक कार्यक्रम मुख्य आकर्षणका रुपमा रहेका छन् ।उक्त महोत्सवमा लोकेन्द्र रोकाया र कोसेलि घरका सञ्चालक बसन्त खड्रकाले रैथाने बालीको स्टल राख्नुभएको छ । रैथाने बाली प्रर्बद्दनका लागि स्थानीय महिलाहरुद्धारा देउडा र बिद्यार्थीहरुद्धारा नृत्य समेत प्रस्तुत गदै बाली संरक्षणमा जोड दिएका छन् ।जयपृथ्बी नगरपालिका नगरप्रमुख चेतराज बजालको अध्यक्षतामा सञ्चालन भएको कायृक्रममा प्रमुख अतिथी जिलला समन्वय समितीका प्रमुख नर बहादुर बोहरा रहनुभएको थियो भने बिशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय रहेका थिए ।
महोत्सबमा फापरको केक,मार्सको लडु,कोदोको मःम र हलुवा,कागुनाको खिर आलुको चिप्स ,भागोको चट्नि र भटमास साद परीकारहरु बनाइएका थिए ।