पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता भेला सम्पन्न ,गोविन्द प्रसाद अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्य समिति चयन

काठमाडौं – पेशागत बीमा अभिकर्ता संघ नेपालको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी केन्द्रिय बीमक समिति गठन गरिएको छ । भक्तपुरको डोलेश्वर रिसोर्टमा आयोजित भेलाले गोविन्द प्रसाद अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्य समिति गठन गरिएको हो ।कार्यक्रममा नेशनल लाइफमा कार्यरत ४५ बीमा अभिकर्ताहरुको उपस्थिति रहेको थियो।

राष्ट्रीय गानका साथ शुरू गरेर प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्वलन गरि पेशागत बीमा अभिकर्ता संघ नेपालका केन्द्रीय अध्यक्ष नन्द प्रसाद तिवारीद्वारा कार्यक्रमको समुद्घाटन गरिएको उक्त कार्यक्रममा कम्पनिका सहायक प्रवन्धक बिवेक शर्माको बिशेष आतिथ्यतामा पेशागत बीमा अभिकर्ता संघ नेपाल नेशनल लाइफ़ इन्स्योरेन्स तदर्थ समिति संयोजक गोबिन्द प्रसाद अधिकारीको अध्यक्षतामा उक्त राष्ट्रिय भोला सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष दीपा शर्मा ओलिद्वारा सहभागी अभिकर्ताहरु लाइ स्वागत मनतब्य ब्यक्त गर्दै संगठनको औचित्य बारे प्रकाश पारेकी छन् । साथै मन्तव्यका क्रममा साधारण सदस्यद्वय रोशन कुमार माझिका साथै सरिता महर्जनद्वारा हरेक पेशा ब्यवसायीका पेशागत संगठन रहने भएकाले तीनका सामूहिक आवाज़ संगठनका माध्यमद्वारा राख्न सामूहिक सौदाबाजीका लागि बल मिल्ने भएकोले कर्मक्षेत्रमा आइपर्ने अफ्ठ्रयारा हरुमा सहजता प्राप्त हुने बिश्वास ब्यक्त गरेका छन् । साथै कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफका सचिव शंकर लामिछाने द्वारा संघले ब्यवस्थापन र बीमितका बीचमा पुलको काम गर्न पनि संघको आवश्यकता रहेको बताएका छन् ।

कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ़ इन्स्योरेन्सका संस्थापक अध्यक्ष तथा पूर्व प्रवक्ता जयराम बिडारी द्वारा संघले बिगतमा गरेका गतिविधि बारे प्रकाश पार्नुका साथै अभिकर्ताले आगामी दिनमा खेल्नुपर्ने भूमिकाका बारेमा सहभागीहरुलाइ जानकारी गराएका छन् । यसैक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्द प्रसाद तिवारिले संघका गतिविधि तथा ब्यवस्थापन र अभिकर्ता हरुका बीचमा सहजीकरणमा संघको भूमिका सदैव समन्वयकारी रहनुका साथै ग्राहकको पक्षमा सदैव प्रभावकारी रुपमा रहनुपर्ने बिचार ब्यक्त गरेका छन् ।

कार्यक्रममा व्यापक रुपमा छलफल गरि गोबिन्द प्रसाद अधिकारी लगायत बरिष्ठ उपाध्यक्षमा दीपा शर्मा वली ,उपाध्यक्ष जयराज जोशी, सचिवमा शंकर लामिछाने , सह सचिव यतिराज अधिकारी तथा कोषाध्यक्षमा श्यामकुमार श्रेष्ठ निर्वाचित भएका छन् भने सदस्यहरु क्रमश धनराज सिंह ठगुन्ना, राजेन्द्र बहादुर चन्द, राजेन्द्र प्रसाद यादव, सुमन श्रेष्ठ, दिपक अर्याल, रबि प्रसाद न्यौपाने, संगिता भट्टराई, गंगा पराजुली, उषा गुरुङ, खम्बु रोकाया, नवराज बम, नेपालमान श्रेष्ठ र बन्धु निरौला निर्वाचित भएका छन् ।यसैक्रममा जयराम बिडारी, नेत्र राउत,बिमल न्यौपाने, शुस्मा प्रधान, युवराज बस्नेत सहितको ५ सदस्यीय सल्लाहकार समितिको चयन गरिएको छ । कार्यक्रममा निर्वाचित

अध्यक्ष गोबिन्द प्रसाद अधिकारीले संघको ब्यापक बिस्तार गर्दै देशका ७७ वटै जिल्लामा शाखा बिस्तारलाइ प्रमुख प्राथमिकतामा राखिने बिचार ब्यक्त गरेका छन् । कार्यक्रम पश्चात बिशेष अतिथि बिवेक शर्मा तथा प्रमुख अतिथि नन्द प्रसाद तिवारी लाइ अध्यक्ष गोविन्द प्रसाद अधिकारीलाइ मायाको चिनो प्रदान गरिनुका साथै नव निर्वाचित पदाधिकारिलाइ माला खादाले सम्मान गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्