काठमाडौं – राष्ट्रपतिको सवारीको भएको बेला सडक खाली गरी आम नागरिकलाई सास्ती दिने गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । यस्तै आलोचनाको विषय भन्न पुग्यो हिजो राष्ट्रपतिको सवारी । सङ्घीय संसद्मा सम्बोधन कार्यक्रमको कार्यतालिका दियो । संयीय संसद भवन जाँदा र फर्किंदा शीतल निवासदेखि बानेश्वरसम्मको सडक खाली गराइएको थियो ।
सडक खाली गराइँदा विद्यार्थी, बिरामी, कर्मचारीलगायत काम विशेषले हिँड्नुपर्ने नागरिकले सास्ती खेपेको र वीर अस्पताल अगाडि डाक्टरलाई प्रहरीले कुटेको घटना सार्वजनिक भएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।
राष्ट्रपतिको सवारी हुँदा नागरिकले सास्ती खेप्नुपर्ने प्रवृत्ति नदोहोर्याउन सामाजिक सञ्जालमार्फत् धेरैले माग गरेका छन् ।