काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृह मन्त्रालयमा आफ्नो दाबी हुने बताएको छ । सर्वोच्च अदालतले नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो ।
लामिछानेले पद गुमाए पनि गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपाले बताएको छ ।
रास्वपा प्रवक्ता मुकुल ढकालले गृहमन्त्रालयमा दाबी रहने बताउनुभएको छ । लामिछानेले नागरिकता लिइसकेपछि फेरि पार्टी सभापति बनाउने तयारी भइरहेको छ । लामिछानेलाई फेरि पार्टी सभापति बनाउन र गृहमन्त्रालयका बारेमा निर्णय गर्न रास्वपाले केन्द्रिय समितिको बैठक पनि बोलाएको छ ।
त्यसो त गैरसांसदलाई पनि ६ महिनाका लागि मन्त्री बनाउन सकिने प्रावधान छ ।