सुदूरपश्चिम भइ बग्ने साना नदीमा बाढीको जोखिम

FILE PHOTO

काठमाडौं – कर्णालीमा पानीको बहाव सतर्कता आसपास हुने, महाकालीमा पानीको बहाव बढ्ने अनुमान गरिएको छ । आज शनिवार र भोलि आइतवार कर्णाली, महाकाली र यसका सहायक नदीलगायत कर्णाली र सुदूरपश्चिम भइ बग्ने साना नदीमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

विशेषगरी बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, अछाम, बाजुरा र बझाङसहित आसपासका जिल्लामा जोखिम छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्