मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु

सांकेतिक तस्बिर

काठमाडाैं –  मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।

सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पु¥याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्