अझै केहि दिन पानी पर्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ – देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन पानी पर्ने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार आउँदो सोमवारदेखि मनसुन थप सक्रिय हुने देखिएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र बाँकी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।

गए राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली तथा सुदूरपश्चिम प्रदेशलगायत थोरै ठाउँमा र बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आइतवार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही ठाउँमा मेघगर्ज/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका तथा एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव चार डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३४ दशमलव चार डिग्री सेल्सियस छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्