नेकपा (माओवादी) केन्द्र दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका लागि जोशी सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौँ – नेकपा (माओवादी) केन्द्र दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका लागि लक्ष्मण जोशी सर्वसम्मत सिफारिस भएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि बुधबार नेकपा (माओवादी) केन्द्र दार्चुलाको जिल्ला कमिटि बैठकले पोलिट्व्युरो सदस्य जोशीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको माओवादी नेतृ निर्मला बडालले जानकारी दिइन् । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा एमालेका गणेशसिंह ठगुन्ना र काँग्रेसका दिलेन्द्र प्रसाद बडूलाई पराजित गर्दै जोशीले जीत हासिल गरेका थिए । दोस्रो संविधानसभाको निर्वाचनमा जोशीले सहभागिता जनाएनन् भने २०७४ सालको प्रतिनिधिसभामा बाम गठबन्धनका कारण जोशीले उम्मेदवारी दिएका थिएनन् । अहिले पनि नेपाली काँग्रेस र माओवादीबीच गठबन्धन भएमा जोशीको उम्मेदवारी हुने सम्भावना न्युन भएको एक काँग्रेस नेताले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्