काठमाडौँ – तीजपछि सुनचाँदीको भाउ सस्तिएको छ । बुधबार सुन तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । यस दिन छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा झरेको छ ।
तीजको दिन भने सुनको भाउ महंगिएको थियो । हिजो सुन तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार ८०० रुपैयाँ पुगेको थियो ।
बुधबार चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घट्दा प्रतितोला एक हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन, चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला एक हजार १४५ रुपैयाँ कायम रहेको थियाे।