काठमाडौँ – काठमाडौंका केही स्थानमा भारी वर्षा भइरहेको छ। विष्णुमती जलाधार क्षेत्रको जितपुर र आसपासमा आइतबार बिहानदेखि निकै ठूलो पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।
यस्तै, बल्खुखोलाको जलाधार क्षेत्रमा पनि भारी वर्षा भएको छ। विष्णुमती र बल्खु खोलामा जल सतह सतर्कता तह आसपास पुगेकाले बिहान ८ बजेसम्म नै सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ। बाढी बस्ती र सडक किनारसम्मै जान सक्ने भन्दै केन्द्रले किनारको सडकमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको हो।
भदौ-१२बिहान ५ बजे#अलर्ट#बिष्णुमती जलाधारको जितपुर र आसपास, तथा बल्खु नदी जलाधारमा भारी बर्षा भएको
#बिण्णुमतीमा जलसतह #सतर्कता तह आसपास पुगेको छ
बिष्णुमती र बल्खु नदीको पानी किनारको सडक र बस्तीमा जान सक्छ, #बिहान ८ बजे सम्म किनारको सडकमा यात्रा गर्दा सतर्कता अपनाऔ @NDRRMA_Nepal— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 27, 2022