अबको २ वर्ष भित्र गाउँपालिकाको केन्द्र र ५ वर्ष भित्र प्रत्येक वडा सडक सञ्जालले जोड्छ : अध्यक्ष बोहरा

काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले आगामी ५ वर्ष भित्र गाउँपालिकाको प्रत्येक वडा–वडा सम्म सडक सञ्जाल पुर्याउने बताएका छन् ।

शनिबार उपहारखबरसँग कुराकानी गर्दै अध्यक्ष बोहराले अबको २ वर्ष भित्र गाउँपालिकाको केन्द्र र आगामी ५ वर्ष भित्र प्रत्येक वडाहरुमा सडक पुर्याउने लक्ष्य सहित काम गरिरहेको बताए । ‘सुदूरपश्चिमको एकमात्र गाउँपालिका अपिहिमाल हो, जहाँ अहिले सम्म सडक सञ्जालले छोएको छैन’ अध्यक्ष बोहराले भने, ‘अबको २ वर्ष भित्र गाउँपालिकाको केन्द्र र आगामी ५ वर्ष भित्र सबै वडाहरुमा सडक सञ्जाल जोड्ने गरि काम गरिने छ, यो नीति तथा कार्यक्रममा नै समावेश गरेका छौँ ।’

सडकको विकासको लागि संघीय सरकार प्रदेशसरकारसँग समेत बजेट माग गरिएको अध्यक्ष बोहराले बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्